एनआरएनए उच्चस्तरीय समितिकोे रिपोर्टमा लामिछानेको आपति

एनआरएनए उच्चस्तरीय समितिकोे रिपोर्टमा लामिछानेको आपति

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)अमेरिकाको अध्यक्षका प्रत्यासी समेत रहेका कृष्ण लामिछानेले संघको १० औं महाधिवेशन प्रतिनिधि विवाद मिलाउन गठित उच्चस्तरीय समितिले हालै गरेको निर्णय प्रति आपत्ति जनाएका छन्। अमेरिकाको वर्तमान कार्यसमितिले संघको विधि र विधान विपरित महाधिवेशन प्रतिनिधि छनोट गरे पछि संघको निर्वाचनमा भाग लिने प्रतिनिधिहरुको विवाद अझै जारी गरेको उनले बताए।

अध्यक्षका प्रत्यासी लामिछानेका अनुसार संघको वर्तमान अध्यक्ष बुद्धी सुवेदी समूहले सिफारीश गरेका ६५ प्रतिशत अन्तरर्गतका प्रतिनिधिहरुमध्ये २८ जना अवैधानिक भएको उनले आरोप लगाए। संघको विधानले ६५ प्रतिशतबाट प्रतिनिधि हुन संघको पूर्वपदाधिकारी हुनु अनिवार्य व्यवस्था गरेकोमा ती प्रतिनिधिहरु यसअघि संघको कुनै पनि निकायमा काम नगरेको हुने उनीहरु स्वत अवैधानिक भएको उनले दाबी गरे।

´अवैधानिक रुपमा सिफारीशमा परेका सम्पूर्ण प्रतिनिधिहरुलाई तत्काल महाधिवेशन प्रतिनिधिको नामावलीबाट हटाएर विधान बमोजिम नयाँ प्रतिनिधि छनोट गर्न माग गर्दछु,’ उनले भने।

यस्तै, २५ प्रतिशत निर्वाचन मार्फत चयन हुनु पर्ने व्यवस्था विपरित वर्तमान सुवेदी समूहले आफुखुशी ४७ जना प्रतिनिधिको नाम केन्द्रमा पठाएको आरोप समेत उनले लगाए । संघको निर्णय अनुसार ती प्रतिनिधि छनोटमा आम सहमति वा निर्वाचन हुनु पर्नेमा एकलौटी रुपमा छानिएका प्रतिनिधि तत्काल खारेजी गर्न उनले माग गरे।

यस्तै, प्रतिनिधि विवाद मिलाउन संघको उच्चस्तरीय समितिले वर्तमान कार्यसमितिको अध्यक्ष र निवर्तमान अध्यक्षलाई जिम्मा दिने निर्णय पूर्णरुप अवैधानिक भएको समेत उनले बताए । ´अमेरिका स्थित नेपाली समुदायबीच फाटो ल्याउने प्रपन्च भएको हुदाँ तत्काल सो निर्णय खारेजीको माग गर्दछु,’ उनले भने।

संघको अमेरिकाको निर्वाचनमा वर्तमान बुद्धी सुवेदी समूहले प्राप्त गरेको जम्मा ३३ प्रतिशत मतको कदर गर्दै बाँकी बाहिर रहेको ६७ प्रतिशत मतदाताको भावना विपरित प्रतिनिधि चयन गराईमा त्यस्तो निर्णय अमान्य हुने समेत उनले बताए।



No ads found for this position