बेचिएकी एक महिलाको माइती नेपाल कञ्चनपुरले भारतको सिमलाबाट उद्धार

बेचिएकी एक महिलाको माइती नेपाल कञ्चनपुरले भारतको सिमलाबाट उद्धार

भारतको सिमलामा घरेलु कामदारका रुपमा बेचिएकी एक महिलाको माइती नेपाल कञ्चनपुरले उद्धार गरी महेन्द्रनगर पु¥याएको छ।

सिमलामा स्याउ फार्म सञ्चालन गरिरहेका साहुको घरबाट माइती नेपालले भारतीय प्रहरीको सहयोगमा महिलाको पाँच महिनापछि सकुशल उद्धार गरेको हो।

माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले महिलालाई ५० हजार भारतीय रुपैयाँमा महिलालाई कामदारका रुपमा बिक्री गरिएको बताएका छन्।

‘सल्यानकी ती महिलालाई साहुसित बेचेर मान्छे फरार भएछ’, संयोजक भट्टले भने,‘घटना विवरणलाई नियाल्दा कोहलपुरका गोपाल विकले विवाह गर्ने प्रलोभनमा ललाईफकाइ भारत लगेको देखिन्छ।’

उनले सिमलाको बागीबाट महिलालाई उद्धार गरी माइती नेपालको संरक्षणमा राखिएको बताए। माइती नेपालले फरार रहेका विकमाथि कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।



No ads found for this position