कोरियामा बस्ने नेपालीलाई वित्तिय साक्षरता गराउँदै एनआरएनए

कोरियामा बस्ने नेपालीलाई वित्तिय साक्षरता गराउँदै एनआरएनए

सौल । कोरियामा बसोबास गर्दै आएका नेपाली नागरिकलाई वित्तिय उपयोगिता सम्बन्धि कार्यक्रम सन्चालन हुने भएको छ। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद र दक्षिण कोरियाको आयोजनामा ‘श्रमको सम्मान, श्रमिकलाई वित्तिय ज्ञान’ विषयक एक दिने अन्तरक्रिया कार्यक्रम आयोजिन गरिने भएको हो।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन्। त्यस्तै, कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थ मन्त्रालयका सचिव मधु मरासिनी विशेष वक्ता रुपमा उपस्थित हुनेछन्। कार्यक्रम आगामी शनिवार ९फ्रेबुअरी १२, २०२२० कोरियन समय बेलुकी ठिक ८ बजे सञ्चालन हुने आयोजकले जनकारी दिएको छ।

यस कार्यक्रमले विशेष रूपमा दक्षिण कोरियामा श्रम, ब्यापार, अध्ययन एवम् विभिन्न सिलसिलामा बसोबास गरिरहेका सम्पूर्ण नेपालीहरु लाभान्वित हुन सक्ने आयोजकले अनुमान गरेको छ। गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष दिपक पुन मगरले कोरियामा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी हुन समेत अनुरोध गरेका छन्।

कार्यक्रममा गैरआवासीय नेपालीका लागि सञ्चालनमा ल्याईएको डलर खाता, विदेशमा रहेका नेपालीहरुका लागि देशमा सुरक्षित आर्थिक लगानी एवं सम्भावना, वैधानिक रेमिटेन्सको महत्व, क्रिप्टोकरेन्सीमा लगानी र देशको अर्थतन्त्रमा पार्ने प्रभावलगायतका विषयमा छलफल गरिनेछ। साथै अन्तरक्रियामा नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको भूमिका, हुण्डी लगायतका विषयमा पनि जानकारी दिइने भएको छ।

कार्यक्रममा एक सय जना जुमको भर्चुअल माध्यमबाट जोडिन सक्नेछन्। साथै एनआरएनए कोरियालगायत सम्पूर्ण मिडिया पार्टनरहरूको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिने आयोजकले जानकारी दिएको छ।