प्लास्टिकको प्रयोगमा बन्देज गर्दै दुबई

प्लास्टिकको प्रयोगमा बन्देज गर्दै दुबई

दुबई। दुबईमा प्लास्टिकको झोला सम्बन्धी नयाँ नीति अनुमोदन गरिएको छ। दुबईको कार्यकारी परिषद्ले वातावरणीय दिगोपनलाई बढाउने र प्लास्टिकको प्रयोग कम गर्न व्यक्तिहरूलाई प्रोत्साहन गर्ने नीतिअनुरुप सो नीति अनुमोदन गरेको गरिएको हो।

नीति अनुसार आगामी १ जुलाईदेखि लागू हुने गरी खुद्रा पसल, कपडा पसल, इलेक्ट्रोनिक पसल, रेस्टुरेन्ट र फार्मेसीहरूले काउन्टरहरूमा सिंगल युज प्लास्टिक ब्याग प्रयोग गरेको पाइएमा २५ फिल जरिवाना तिर्नुपर्ने छ। सो जरिवाना ई–कमर्स डेलिभरीहरूमा पनि लागू हुनेछ।

सिंगल युज प्लास्टिक झोलाहरू पूर्ण रूपमा प्रतिबन्धित नभएसम्म विभिन्न चरणहरूमा सो नीतिको मूल्याङ्कन गरिने बताइएको छ। दुई वर्ष भित्रमा सो प्लास्टिकको पूर्ण निषेध गरिने दुबईको लक्ष्य रहेको छ।

दुबईको कार्यकारी परिषद्ले एक सर्वेक्षण अनुसार १०० प्रतिशत व्यवसायहरूले एकल–प्रयोग झोलाहरूमा लगाइएको पूर्ण प्रतिबन्ध वा शुल्क लगाउने प्रस्तावलाई समर्थन गरेको छ। दुबईका लगभग ८५ प्रतिशत बासिन्दाहरूले पनि यस कदमलाई समर्थन गर्ने बताएका छन्।

यूएईमा प्लाष्टिकको सेवनबाट वर्षेनी सयौं उँट र कछुवाको मृत्यु हुने गरेको बताइएको छ। यहाँका सरकारी निकायहरूले वातावरण र श्रोत संरक्षणलाई अभिवृद्धि गर्न jविभिन्न कार्यक्रमहरू लागू गरिसकेका छन्। जसअन्तर्गत इमिरेटका लागि एकीकृत फोहोर व्यवस्थापन रणनीति र हानीकारक रुपमा माछा मार्ने जालमा प्रतिबन्ध लगाउने जस्ता अभ्यास समाविष्ट गरिएको बताइएको छ।