वैदेशिक रोजगार विभागको महानिर्देशकमा पौडेल

काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह-सचिव शेषनारायण पौडेललाई दिइएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मंगलबार मन्त्री स्तरीय निर्णय गर्दै विभागको जिम्मेवारी मन्त्रालयका सहसचिव तथा श्रम सम्बन्ध महाशाखा प्रमुख पौडेललाई दिएका हुन्।
पौडेल मन्त्रालयमा श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखामा कार्यरत थिए।
यसअघि महानिर्देशकको जिम्मेवारी सम्हालेका दिपक काफ्लेलाई भने श्रम मन्त्रालयमा पठाइएको छ।
ताजा अपडेट

प्रवास खबर
भैरहवाबाट ढाका उडान सुरु गर्न आग्रह

प्रवास खबर