रुसमा कोरोना भाइरस संक्रमित बढ्दै, ३ लाख भन्दा बढीको मृत्यु

मस्को । रुसमा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन्। स्वास्थ्य मन्त्रालयले जनाएअनुसार आइतबार मात्र एक लाख ८० हजार जनाभन्दा बढी संक्रमित देखिएका हुन्।
ती संक्रमितको संख्या अहिलेसम्मकै २४ घन्टाभित्र देखिएका सबैभन्दा बढी संक्रमित हुन्। अहिलेसम्म १ करोड २८ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित देखिएको छन्।
त्यसैगरी सरकारले बताए अनुसार गएको २४ घन्टामा नै कम्तीमा पनि ६६१ जना संक्रमितको निधन भएको छ।
यो समेतगरी अहिलेसम्म ३ लाख ३५ हजार ४१४ जनाको ज्यान गएको छ। रुसमा सबैभन्दा बढी संक्रमित हुने स्थान राजधानी मस्को नै रहेको छ।
रुसमा पछिल्लो समयमा विकसित भएको ओमिक्रोन भेरियन्टको प्रकोप बढेको छ।
ताजा अपडेट

प्रवास खबर
‘कोप’–२८’ नेपालको हितमा : प्रधानमन्त्री

प्रवास खबर