एक सवारी साधन विद्युतीय धरापमा, १० को मृत्यु

एक सवारी साधन विद्युतीय धरापमा, १० को मृत्यु

मोगादिसु । सोमालियाको राजधानी मोगादिसुमा शनिबार विद्युतीय धरापमा पारेर कम्तीमा पनि १० जनाको हत्या गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन्।

शनिबार एक सवारी साधनलाई गुडिरेहका बेलामा विद्युतीय धरापमा पारिएको थियो । त्यसमा परी १० जनाको ज्यान गएको हो।

सोमालियाको दक्षिणी राज्य जुबाल्याण्डमा एक सवारी साधनलाई विद्युतीय धरापमा पारेर हत्या गरिएको छ। मृत्य हुनेमा चार जना महिला र एक बालक पनि परेका छन्।

एक भ्यानमा रहेका उनीहरुको सडकमा लुकाएर राखिएको विद्युतीय धरापमा परी विस्फोट हुँदा ज्यान गएको हो।

ती सैनिक जर्नेलले अल सेबाब मिलिसिया समूहका सदस्यले सो हत्या गरेको अनुमान गरिएको छ। तर उनीहरुले भने यसको जिम्मेबारी लिएका छैनन्।

सोमालियमा पछिल्ला केही वर्षयता देखि अल सेबाब नामको आतंककारी समूहले यस्तो हिंसात्मक घटनाहरु गराएकाले यसमा पनि उनीहरुकै हात रहेको अनुमान गरिएको सैनिक जर्नेलले जनाएका छन्।