भारतमा मुत्यु हुनेको संख्या पाँच लाख नाघ्यो

भारतमा मुत्यु हुनेको संख्या पाँच लाख नाघ्यो

नयाँ दिल्ली । कोभिडबाट भारतमा मुत्यु हुनेको संख्या पाँच लाख नाघेको छ। शनिबार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो।

सो मन्त्रालयका अनुसार भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या शनिबार पाँच लाख १ हजार ११४ जना पुगेको हो।

सो मन्त्रालयले शनिबार कोभिडबाट १ हजार ५९ जनाको ज्यान गएको छ। केही हप्ता यता संक्रमणको संख्यामा कमी आए पनि मृत्यु भने घटेको छैन।

शनिबार मात्र त्यो भन्दा अघिको २४ घन्टामा १ लाख २७ हजार जनामा कोभिडको संक्रमण पाइएको पनि सो समाचरमा जनाइएको छ।

अधिकारीहरुले अहिलेसम्म भारतमा कोभिड १९ बाट ४ करोड २० हजारभन्दा बढी मानिस संक्रमित भएका थिए । भारतमा पछिल्ला समयमा ओमिक्रोनको संक्रमण बढेको हो।

तर यसअघिको दोस्रो वेभमा डेल्टा भाइरसको संक्रमणका समयमा भन्दा बढी खतरनाक अवस्था भने रहेको छैन।