साइबर ब्यूरोमा उजुरी निर्वाचन भाँड्ने प्रपन्च हो : प्रवक्ता क्षेत्री

साइबर ब्यूरोमा उजुरी निर्वाचन भाँड्ने प्रपन्च हो : प्रवक्ता क्षेत्री

काठमाडौ । गैरआवासीय नेपाली संघको आगामी निर्वाचनको मुखैमा संघका अध्यक्ष सहित अन्य अधिकारीलाई प्रहरी अनुसन्धान व्यूरोबाट पत्र काटिनु चुनाव बिथोल्ने प्रपन्च भएको संघका प्रवक्ता डिबी क्षेत्रीले बताएका छन् ।

संघको आगामी फेब्रुअरी २८ गते निर्वाचन तोकिएको छ । निर्वाचनमा उठेका पदाधिकारीहरु विरुद्ध नै व्यूरोमा उजुरी पर्नु संजोक मात्र नभएको उनले दाबी गरेका छन् । ‘तोकिएको मिति भन्दा चार महिना पछि निर्वाचन हुन लाग्दा फेरी अन्तिम समयमा व्युरोमा उजुरी पर्नु, व्यूरो अनुसन्धानका लागि बोलाउनु भनेको षडयन्त्र हो । निर्वाचन भाड्ने प्रपन्च हो,’ उनले भने ।

प्रवक्ता क्षेत्रीले संस्थाभित्र छलफलको परिपाटी खुला हुँदाहुँदै अन्य संस्थाको हस्तक्षेप गर्ने वातावरण बनाइएको आरोप लगाए । उनले यस्ता प्रक्रिया संघलाई मान्य नहुने बताएका छन् । प्रवक्ता क्षेत्री थप्छन्, ‘फेब्रुअरी २८ मा जसरी पनि चुनाव हुन्छ । यसको विकल्प छैन ।’