अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको नेतृत्वमा हिमाल खनाल

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको नेतृत्वमा हिमाल खनाल

सौल। अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको नेतृत्व हिमाल खनालको काँधमा परेको छ।मञ्चको आइतबार सम्पन्न छैटौं अधिवेशनले खनालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो।

अधिवेशनले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी टिकाराम पोखरेललाई दिएको छ। यस्तै उपाध्यक्षमा जीवन आचार्य, रुद्र पौडेल र धर्मराज घिमिरे चयन भएका छन्।

यसैगरी महासचिवको जिम्मेवारी दिपक खनाललाई दिइएको छ। अधिवेशनले बाबुराम पोखरेल, नन्दराम पौडेल र माधव खनाललाई सचिव पदमा चयन गरेको छ।

यस्तै कोषाध्यक्षमा ठाकुर खनाल चयन भएका छन् भने सहकोषाध्यक्षको जिम्मेवारी योगेश भुसालाई दिइएको छ।

त्यसैगरी सदस्यहरुमा प्रकाश आचार्य, मनोज पौडेल, लक्ष्मण गैरे, आविस्कार घिमिरे, मोहन पुन, शोभाखर खनाल, विजय खनाल, सुदन मगर, गोपालप्रसाद मरासिनी, सिद्दी प्रसाद आचार्य, बसन्त आचार्य, सन्तोष भुसाल बिश्व खनाल, सिता बन्जाडे विष्ट र श्याम खनाल रहेका छन्।

अधिवेशनमा गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका अध्यक्ष दिपक पुन प्रमुख अतिथि थिए। राज खनालको अध्यक्षता र दिपक खनालको सञ्चालनमा अधिवेशन सम्पन्न भएको थियो।

रोजगारी, अध्ययन र व्यवसायको सिलसिलमा दक्षिण कोरिया आएका नेपालीलाई संगठित र सहयोग पुर्‍याउने उद्देश्यले सन् २०१० मा यो संस्थाको स्थापना गरिएको थियो।