अमेरिकामा कोभिडका कारण २ हजार भन्दाबढीको मृत्यु

अमेरिकामा कोभिडका कारण २ हजार भन्दाबढीको मृत्यु सांकेतीक तस्वीर

लण्डन। संयुक्त राज्य अमेरिकामा कोभिडका कारण हुने मृत्यु बढ्दो रुपमा रहेको देखिएको छ। यसलाई अमेरिकाका अधिकारीहरुले चिन्ताजनक पनि भनेका छन्।

प्राप्त पछिल्लो समाचारअनुसार गएको सात दिनसम्म कोभिडका कारण हुने मृत्यु बढ्दै गएको छ।

बुधबार मात्र २४ घन्टामा कोभिडबाट २ हजार भन्दा बढीको ज्यान गएको छ।

बुधबारको पछिल्लो तथ्यांकअनुसार एकै दिनमा कोभिडबाट २ हजार २५९ जनाको ज्यान गएको थियो। तर कोभिडबाट हुने संक्रमितको संख्या भने अहिले घटेको छ ।

पछिल्लो केही दिनयता संक्रमण दरमा करिब १३ प्रतिशतले कमी आएको देखिएको छ।

दैनिक ६ लाखभन्दा बढी नै संक्रमित पाइने गरेका छन्। अमेरिका कोभिडबाट सबैभन्दा बढी प्रभावित देशमा पर्दछ।

अमेरिकामा विश्वमा नै कोभिडबाट सबैभन्दा बढी नागरिकको ज्यान गएको छ भने संक्रमण दर पनि धेरै रहेको पाइएको छ।

अहिलेसम्म कोभिडबाट ९ लाख ६ हजार भन्दा बढीको ज्यान गएको छ। विश्वका अरु देशको तुलनामा यो सबैभन्दा बढी हो।