विदेशबाट महिलाको नग्न तस्बीर र भिडियो सार्वजनिक गर्ने धम्की दिने युवक पक्राउ

विदेशबाट महिलाको नग्न तस्बीर र भिडियो सार्वजनिक गर्ने धम्की दिने युवक पक्राउ सांकेतीक तस्वीर

काठमाडौं। विदेशबाट महिलाको नग्न तस्बीर  र भिडियो सार्वजनिक गर्ने धम्की दिएको आरोपमा एक युवा पक्राउ परेका छन्। कास्की रुपा गाउँपालिका–७ सिस्नेरी का ३१ वर्षीय मुक्ति खनाल भन्ने मुक्तिनाथ खनाल नेपाल आउने क्रममा विमानस्थलबाटै पक्राउ परेका हुन्।

उनलाई शुक्रबार महानगरीय प्रहरी, विमानस्थल सुरक्षा कार्यालयको समन्वयमा साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो।

प्रहरी प्रधान कार्यालयको साइबर ब्यूरोका अनुसार वैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत ललाइफकाई, धाक धम्की डर त्रास र प्रलोभनमा पारेर पीडित महिलाको लिएको नग्न तस्बीर र भिडियो सार्वजनिक गरी दिने भनि धम्की दिएको आरोपमा उनलाई पक्राउ गरिएकाे हो।

उनीमाथि विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भई फरार रहेका उनलाई शुक्रबार विमानस्थलबाट पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ।