कतारमा विमानस्थलको सेवा शुल्क परिमार्जन

कतारमा विमानस्थलको सेवा शुल्क परिमार्जन

दोहा। कतारको नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको सेवा शुल्क परिमार्जन गरेको छ। प्राधिकरणले नयाँ सेवा शुल्क लागू गर्ने सम्बन्धमा एयरलाइन्सका निर्देशक र ट्राभल कार्यालयका निर्देशकलाई २०२२ को परिपत्र नं. २ जारी गरेको छ।

कतारको विमानस्थलमा हाल लाग्दै आएको यात्रु दस्तुर पुनरावलोकन गरी यात्रुका लागि सुरक्षा शुल्क र हवाइ भाडा पूर्वाधार शुल्कलगायतका नयाँ शुल्क थप्ने निर्णय भएको परिपत्रमा उल्लेख गरिएको छ।

परिपत्रअनुसार यी शुल्कहरू १ अप्रिल, २०२२ देखि लागू हुने बताइएको छ।

परिपत्रमा संलग्न गरिएका नयाँ र परिमार्जित शुल्कहरू निम्नानुसार छन् :

१– विमानस्थल विकास शुल्क :

२४ घण्टासम्मको ट्रान्जिटसहित सबै प्रस्थान गर्ने यात्रुको लागि प्रतियात्रु ६० कतारी रियाल।

छुट हुने अवस्था :

–विमानमा सवार यात्रीसँगैको दुई वर्ष मुनिको बच्चा

–ड्यूटीमा रहेको उडान चालक दल

–प्राविधिक कठिनाइ, मौसमको अवस्था वा अन्य वैध कारणले गर्दा जबरजस्ती उडान भर्न पुनःनिर्देशन गरिएको अवस्थामा।

२. यात्रु सुविधा शुल्क :

२४ घण्टासम्मको ट्रान्जिटसहित सबै प्रस्थान गर्ने यात्रुहरूको लागि प्रतियात्रु ६० कतारी रियाल।

छुट हुने अवस्था :

–विमानमा सवार यात्रीसँगैको दुई वर्ष मुनिको बच्चा

–ड्यूटीमा रहेको उडान चालक दल

–प्राविधिक कठिनाइ, मौसमको अवस्था वा अन्य वैध कारणले गर्दा जबरजस्ती उडान भर्न पुनःनिर्देशन गरिएको अवस्थामा।

३. यात्रु सुरक्षा शुल्क :

–२४ घण्टासम्मको ट्रान्जिटसहित सबै प्रस्थान गर्ने यात्रुहरूको लागि प्रतियात्रु १० कतारी रियाल।

छुट हुने अवस्था :

–विमानमा सवार यात्रीसँगैको दुई वर्ष मुनिको बच्चा

–ड्यूटीमा रहेको उडान चालक दल

–प्राविधिक कठिनाइ, मौसमको अवस्था वा अन्य वैध कारणले गर्दा जबरजस्ती उडान भर्न पुनःनिर्देशन गरिएको अवस्थामा।

४. हवाई भाडा पूर्वाधार शुल्कः

मेल र कुरियरसहित सबै आगमन र ट्रान्जिट कार्गो ढुवानीस् प्रति मेट्रिक टन १० कतारी रियालको दरले।

छुट हुने अवस्था :

एउटै विमानमा बाँकी रहेको ढुवानीको शुल्क नलाग्ने