चुनावको मिति अब दायाँबाँया हुँदैन : प्रवक्ता क्षेत्री,एनआरनएनए

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता डिबी क्षेत्रीले निर्वाचनको मिति अब कुनै हालतमा नसर्ने बताएका छन्। अब चुनावबाट कसैले पनि दायाँबायाँ सोच्नै नहुने तर्क गर्दै उनले २८ फेब्रुअरीमा हुने निर्वाचनमा शंका नगर्न आग्रह गरे।
क्षेत्रीले मंगलबार बसेको उपसमितिको बैठकमा ५ फेब्रुअरीसम्म महाधिवेशन प्रतिनिधिको सूची निर्वाचन समितिलाई उपलब्ध गराउने सहमति भएको स्पष्ट पारे। ‘५ तारिख अन्तिम हो, यो मितिमा दायाँबायाँ हुँदैन,’ प्रवक्ता क्षेत्रीले भने, ‘यसमा कुनै पनि बाहाना र अन्य कुनै कुराको कल्पना गरिएको छैन्।’
संघको निर्वाचन तालिका अहिलेसम्म तीन पटक फेरबदल भइसकेको छ। कार्यसमितिको गत अक्टोबरमा ६ महिना थप गरिएको म्याद पनि गुज्रिदैछ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर