चीनको सहयोग लाओस आइपुग्यो

चीनको सहयोग लाओस आइपुग्यो

भेन्टियान । चीनले सहयोग गरेको कोभिड–१९ खोपको आठौं समूह लाओस आइपुगेको र अधिकारीहरूलाई हस्तान्तरण गरिएको छ। लाओसका लागि चिनियाँ राजदूत जियाङ जाइदोङले मंगलबार लाओसका प्रधानमन्त्री फान्खाम विपभान्हलाई १५ लाख डोज खोप हस्तान्तरण गर्दै लाओसमा महामारीविरुद्धको काममा सकारात्मक प्रगति भएको छ।

खोपहरुको कारण कोभिड १९ संक्रमण उल्लेखनीय रूपमा कम भएको छ।लाओसमा कोभिड–१९ को प्रकोप भएदेखि चीनले लाओसलाई कोभिड–१९ विरुद्धको खोपको ८९ लाख खोप डोज उपलब्ध गराएको भएको छ। यसबाट गहिरो मित्रता र बहुमूल्य सहयोगलाई पूर्ण रूपमा झल्काउँने भएको छ।

लाओसले चीनको सहयोगमा २०२१ मा आफ्नो खोप लक्ष्य पूरा गरेको छ। सन् २०२२ मा आफ्नो देशको ८० प्रतिशत जनसंख्यालाई खोप लगाउने लक्ष्य रहेको छ। लाओस पार्टी, सरकार र जनताको तर्फबाट आफ्नो भावना व्यक्त गर्दै हृदयदेखि चीनलाई धन्यवाद दिन चाहेको छ।