विदेशमा २१ लाख ६९ हजार नेपाली, विदेश जाने महिला बढे

काठमाडौं। राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार विदेशमा बस्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ रहेको छ। जसमा पुरुषको संख्या १७ लाख ६३ हजार ३१५ अर्थात ८१.२८ प्रतिशत र महिलाको संख्या ४ लाख ६ हजार १०३ अर्थात १८.७२ प्रतिशत रहेको केन्द्रीय तथ्याङक विभागले जनाएको छ।
दश वर्षअघि २०६८ सालमा घरपरिवारमा अनुपस्थित (विदेशमा अक्सर बसोबास गर्ने) को संख्या १९ लाख २१ हजार ४९४ थियो । जसमध्ये १६ लाख ८४ हजार २९ (८७.६४ प्रतिशत) पुरुष थिए भने महिलाको संख्या २ लाख ३७ हजार ४०० (१२.३६ प्रतिशत) थियो। तथ्याङक हेर्दा २०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाको संख्या ७१.०९% ले बढेको देखिन्छ।
विभागका अनुसार ७७ वटै जिल्लाबाट वैदेशिक रोजगारीमा पुगेका छन्। सबैभन्दा बढी विदेश जाने ५ जिल्लामा काठमाडौँ, कैलाली, झापा, रुपन्देही र मोरङ छन् भने सबैभन्दा कम जाने ५ जिल्लामा मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताङ रहेका छन् ।
ताजा अपडेट

नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ
