एनआरएनए निर्वाचन : घले नेतृत्वको उपसमितिले माग्यो थप १० दिन

एनआरएनए निर्वाचन : घले नेतृत्वको उपसमितिले माग्यो थप १० दिन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद अन्त्य गरेर निर्वाचन गराउन गठित उपसमितिले ५ फेब्रुअरीसम्म समय मागेको छ।

मंगलबार बसेको समितिको बैठकमा संयोजक शेष घलेले १० दिन म्याद थप गर्नुपर्ने प्रस्ताव पेश गरेका थिए। यो समितिलाई २६ जनवरीभित्र प्रतिनिधि विवाद मिलाउन जिम्मा दिइए पनि घलेले पर्याप्त समय नभएको भन्दै १० दिनको समय मागेका हुन्।

१५ जनवरीमा बसेको संघको ८१ औं बैठकले पूर्वअध्यक्ष घलेको नेतृत्वमा ७ सदस्यीय निर्वाचन उपसमिति गठन गरेको थियो। जसमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, राम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त सदस्य छन।

यो समितिको बैठक आजसहित गरेर तीन पटक बसेपनि ठोष निष्कर्षमा भने पुग्न सकेन्। महाधिवेशनको मिति पटक–पटक फेर–बदल भइरहँदा यतिबेला प्रतिनिधि निराश बनेका छन।

समितिका एक सदस्यका अनुसार मंगलबारको बैठकमा भवन भट्ट भने सहभागी भएनन्। बैठकले प्रतिनिधि विवाद अन्त्य गर्न कानूनी र आइटी परामर्शको लागि अर्को कार्यदल बनाउन अध्यक्ष कुमार पन्तलाई जिम्मा दिएको छ।