दोहा बिश्वकै दोस्रो सुरक्षित शहर

दोहा बिश्वकै दोस्रो सुरक्षित शहर

दोहा। कतारको राजधानी दोहा पुनः विश्वको दोस्रो सुरक्षित शहरको रुपमा सूचिकृत भएको छ।

नुम्बेओले दोहालाई फेरि विश्वको दोस्रो सुरक्षित शहरको सूचीमा राखेको हो। नुम्बेओको क्राइम इन्डेक्स बाइ सिटी २०२२ प्रतिबेदनमा ४५९ सहरलाई समेटेर अध्ययन गरिएको, जसअनुसार कम अपराध दर र सुरक्षाको आधारमा दोहालाई दोस्रो स्थानमा राखेको उल्लेख गरिएको छ। दोहाले सुरक्षा सूचकाङ्कमा ८६.१७ अंक प्राप्त गरेको छ। त्यसैगरी, सहरको अपराध सूचकांक १३.८३ मात्रै रहेको छ ।

अन्य ८ सुरक्षित शहरहरूमा आबुधाबी, सान सेबास्टियन, शारजहाँ, ताइपेई, क्युबेक सिटी, फन्चल, दुबई र जुरिच परेका छन्।

नुम्बेओ डाटाबेसले सन् २००९ देखि विश्वका विभिन्न देशमा हुने अपराध दरको मापनका आधारमा वार्षिक प्रतिवेदन प्रकाशित गर्दै आएको बताइएको छ ।



No ads found for this position