‘भिजिट भिसा’मा खाडी मुलुक र मलेसिया जान नपाउने सरकारी प्रतिबन्ध संशोधन

‘भिजिट भिसा’मा खाडी मुलुक र मलेसिया जान नपाउने सरकारी प्रतिबन्ध संशोधन फाइल फोटो

काठमाडौं। सरकारले ‘भिजिट भिसा’मा खाडी मुलुक र मलेसिया जान रोक लगाउने यसअघिको निर्णय संशोधन गरेको छ।

आइतबार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै ‘भिटिज भिसा’मा जान सबैलाई रोक लगाउने निर्णयलाई केही खुकुलो बनाइएको जनाएका छन्।

संसोधित निर्णय अनुसार अब सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरु, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संघरसंस्थाका प्रतिनिधि एवं अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाका प्रतिनिधि भइ भ्रमण गर्न जाने प्रतिनिधि, बिरामी कुरुवा वा बिरामीको रेखदेखको रुपमा जानेहरुका लागि अनुमति दिइनेछ।

सरकारले यसअघि सोमबारदेखि लागू हुनेगरी ‘भिजिट भिसा’मा खाडी मुलुक र मलेसिया जान पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

 

यो पनि पढ्नुहोस्

‘भिजिट भिसा’मा खाडी मुलुक र मलेसिया जान रोक



No ads found for this position