युवा व्यवसायी बञ्जराले लिए दुई बालिकालाई पढाउने जिम्मा

युवा व्यवसायी बञ्जराले लिए दुई बालिकालाई पढाउने जिम्मा

काठमाडौं । विश्व युवा उद्यमी महासंघ हङकङका अध्यक्ष आकाश बञ्जाराले दुई बालिकालाई पढाउने जिम्मा लिएका छन्।

बञ्जराले तनहुँकी ८ वर्षीया कृपा थापा र काठमाडौंकी सदिक्षा श्रेष्ठलाई कलेजसम्म पढाइदिने जिम्मा लिएका हुन्।

कृपाले दुई वर्षकै उमेरमा आमा गुमाएकी थिइन्। बुवा र कान्छी आमासँग बस्दै आएकी कृपा आर्थिक अभावका कारण विद्यालय जान बञ्चित थिइन्।

‘आर्थिक समस्याले गर्दा स्कुल जान नसकेको भन्ने जानकारी पाएपछि कृपा र सदिक्षालाई कलेजसम्म पढाउने जिम्मा लिएको हुँ,’ समाजसेवी बञ्जराले प्रवास खबरसँग भने।

हङकङमा ह्यान्डिक्राफ्ट व्यवसाय चलाउँदै आएका बञ्जरा चेपाङ संरक्षण केन्द्रका सल्लाहकार समेत हुन्। बञ्जरा हङकङबाट निरन्तर सामाजिक क्रियाकलपा सक्रिय छन्।

यसअघि बञ्जराले मानवसेवा आश्रम गोरखामा रहेका ६४ जना बालबालिकालाई न्यानो कपडा उपलब्ध गराएका थिए। यस्तै मानवसेवा आश्रम चितवनमा खाद्यन्न सहयोग गरेका थिए।