एनआरएनए निर्वाचन फेरी रोक्ने चलखेलमा शेष घले समूह

एनआरएनए निर्वाचन फेरी रोक्ने चलखेलमा शेष घले समूह

काठमाडौं। ‘डेढ महिनामा देशकै संविधान बन्न सक्छ भने सामाजिक संघसंस्थाको विवाद मिल्न नसक्ने कुरै हुँदैन्। सहमति र सहकार्यको वातावरण बनेको छ यसमा म कठोर शव्द प्रयोग गर्न चाहन्न्। कस्को के नियत छ ? उनीहरुले चाहेको के हो ? मैले हेरिरहेको छु ।’ गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले एक अन्तरवार्तामा सार्वजनिक रुपमा प्रतिबद्धता जनाएका थिए। अध्यक्ष पन्तले कस्को नियत माथि प्रश्न गरेका थिए प्रस्ट नपारे पनि उनले संघका प्रमुख संरक्षक शेष घलेलाई संसयमा राखेका थिए।

गैरआवासीय नेपाली संघको विगत ४ महिनादेखिको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन नेपाल सरकारको चाहना बमोजिम गत हप्ता सम्पन्न गैरआवासीय नेपाली संघको ८१ औं बैठकले संघका पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा गठित एक समितिलाई दिएको थियो। तर,संघको नेतृत्वको लागि अध्यक्षका प्रत्यासी कुल आचार्य समूहका नेता शेष घलेले संघको विवाद मिलाउन सक्षम हुन्छन् र सबैलाई समेटेर लैजान्छन् भन्नेमा धेरैलाई आशंका थियाे।

अधिकांशको संसय र आशंका सत्य सावित हुनेगरी शेष घलेले आफ्नो कार्यशैलीलाई अघि बढाएका छन्। एनआरएनए उच्चस्रोतका अनुसार घलेले संघको ८१ औं बैठकको कार्यसमितिको निर्णयलाई ठाडो हस्तक्षेप गर्दै संघको नेतृत्वको सम्पूर्णअधिकार आफ्नो हातमा लिन खोजेका छन्।

यसअघि संघका अध्यक्ष कुमार पन्तलाई कु गरेर सम्पूर्ण अधिकार आफ्नो हातमा ल्याउन गरेको घलेकाे प्रयास पाटन उच्च अदालले असफल बनाइदियाे। त्यसपछि पनि घलेले आफूलाई शक्ति केन्द्रमा स्थापित गर्ने अभियानमा पछि हटेका छैनन्।

के चाहान्छन् घले ?

एनआरएन अभियानमा पूर्व अध्यक्ष जीवा लामिछानेकाे निगाहमा प्रवेश गरेका घलेले दुई पटक संघको बागडोर समालेका थिए। संघभित्र भिजन २०२० को नीति ल्याएर नेतृत्वमा आफ्नी पत्नी जमुना गुरुङलाई स्थापित गर्न खोजेका थिए।

उनले संघको नेतृत्वबाट बाहिने क्रममा आफ्नै श्रीमतीलाई पूर्वअध्यक्ष भवन भट्टकाविरुद्धमा उम्मेदवार बनाए। घलेले ४ वर्ष वितिसक्दा पनि श्रीमतीको पराजयको पीडा सहन सकेका छैनन्। उनले कुनै न कुनै अस्त्र प्रयोग गरेर अन्तिममा श्रीमतीलाई नेतृत्वमा ल्याउन चाहेका छन्।

पछिल्लो समयमा उनले नेपाली कांग्रेस नेतृ आरजु राणामार्फत परराष्ट्र मन्त्रालयलाई प्रयोग गरेका छन्। घलेले अध्यक्षका प्रत्यासी कुल आचार्यलाई समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। घले निकट स्रोतका अनुसार उनले अहिले दुई वटा अस्त्रको प्रयोग गरेका छन्। पहिलो श्रीमतीलाई संघको नेतृत्वमा स्थापित गर्ने र अर्को अध्यक्षका प्रत्यासी डा. बद्री केसीलाई जुनसुकै हालतमा रोक्ने त्यसको लागि अवश्यक समादादण्डभेटको प्रयोग गर्ने।

पछिल्लो तुरुपले उनले परराष्ट्र मन्त्रालयको दवावमा संघको महाधिवेशन प्रतिनिधि विवाद मिलाउने जिम्मा लिएका छन्। तर, विरलै मानिसले उनले निकास दिन्छन् भन्नेमा विश्वास लिएका छन्। संघको प्रमुख संरक्षकबाट राजिनामा गरेका घलेलाई अध्यक्ष कुमार पन्तले संस्थाभित्र स्थापित गरेका थिए।

घले संरक्षक परिषदको अध्यक्ष भएको नाताले उनी निकटले वर्तमान अध्यक्ष कुमार पन्तले संघको निर्वाचन हुन नसेको सम्पूर्ण शक्ति उनकै हातमा आउने भनेर गलत ब्रिफिङ गरेका छन्। उनले संघको बैठकले दिएको म्यानडेट भन्दा बाहिर गएर संघको विधि विधानलाई समेत आफ्नो हातमा लिएर अघि बढ्न चाहेका छन्। त्यसको पात्रको रुपमा नेपाल सरकारका केही उच्चधिकारीहरु र पूर्वउपाध्यक्ष कुल आचार्य समेत मतियारको रुपमा प्रयोग भएका छन्।

आइसीसी बैठकको निर्णय किन विवादमा आयो ?

गत शनिवार सम्पन्न संघको ८१ औं बैठकले गरेका निर्णयलाई तोडमोड गरिएपछि संघभित्र विवाद शुरु भएको छ। संघको बैठकले महाधिवेशन प्रतिनिधि विवाद २६ जनवरी भित्र घलेको अध्यक्षतामा गठित समितिले मिलाउन नसकेमा वर्तमान अध्यक्ष कुमार पन्तले आवश्यक विवेक प्रयोग गर्न पाउन सक्ने निर्णय गरेको थियाे।

तर, घलेले पन्तले गर्न सक्ने सम्भावित निर्णयमाथि आंशका गर्दै सो निर्णयलाई सच्चाउन दवाव दिएका थिए। पन्तले संघको विवाद मिलाउन घलेले गुड वेदमा पहल कदमी लिन्छन् भने हटाउँदा केही फरक नपर्ने भन्दै व्यक्तिगत निर्णयका आधारमा आइसीसीको बैठकको निर्णयमा संसोधान गरेका थिए। तर, घले समूहका सदस्य कुल आचार्य समूहले सो निर्णयलाई महासचिव डा. हेम राज शर्माले तोडमोड गरेको भन्दै अतिरन्जित गरेको थियो।

अब के हुन्छ ?

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन प्रतिनिधि विवाद मिलाउने जिम्मा संघका पूर्वअध्यक्षहरु सम्मिलित एक समितिलाई दिएको छ।

समितिमा पूर्वअध्यक्षहरु शेष घले, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्ट, देवमान हिराचन र वर्तमान अध्यक्ष कुमार पन्त रहेका छन्।

संयोजक घले भएको कारण धेरैका आँखा उनीमाथि गएका छन्। घलेले सबैलाई मान्ने हुने निर्णय दिनेमा धेरैलाई आशंका छ। ७ सदस्यीय समितिमा घले प्रष्ट अल्पमतमा छन्।

उनलाई पूर्वअध्यक्ष देवमान हिराचनबाहेक अरुको समर्थन हुने सम्भवना छैन्। तर, पछि घले शैलीमै उनले एक पक्षीय निर्णय सुनाउने सम्भवना रहेको छ। उनीको सो निर्णयले संघको निर्वाचन टरेर जाने छ।

यो पनि पढ्नुहोस्

शेष घलेको नेतृत्वमा एनआरएनए फुटाउने तयारी !

एनआरएनएमा तानशाही प्रवृत्ति देखाएको भन्दै घलेलाई संरक्षक पदबाट हटाउन दबाब