ड्रोन आक्रमणविरुद्ध यूएईलाई सुरक्षा र जासुसी सहयोग गर्ने इलरायलको प्रस्ताव

ड्रोन आक्रमणविरुद्ध यूएईलाई सुरक्षा र जासुसी सहयोग गर्ने इलरायलको प्रस्ताव

दुबई। इजरायलले ड्रोन आक्रमणविरुद्ध यूएईलाई सुरक्षा र जासुसी सहयोग गर्ने प्रस्ताव गरेको छ। इजरायलका नेताले एक पत्र जारी गर्दै सो कुरा उल्लेख गरेका हुन्।

यमनको इरान–सम्बन्धित हौथी समूहले सोमबार आबुधाबीमा घातक हमला गरेको थियो । तीनवटा ट्यांकर ट्रक विस्फोट हुँदा तीन जनाले ज्यान गुमाएका थिए। यस्तै ६ जना घाइते भएका थिए।

एक हौथी सैन्य प्रवक्ताले ‘समूहले गरेको आक्रमणमा ठूलो संख्यामा ड्रोन र ५ ब्यालेस्टिक मिसाइल प्रहार गरेको’ बताएका छन्।

इजरायलका प्रधानमन्त्री नाफ्ताली बेन्नेटले ट्वीट गर्दै यसलाई ुआतंकवादी ड्रोन आक्रमणु को संज्ञा दिएका छन्।

उनका प्रवक्ताले उनले आबुधाबीका युवराज र यूएईका सशस्त्र बल उप सर्वोच्च कमाण्डर शेख मोहम्मद बीन जायद अल–नाह्यनलाई सोमबार पठाएको शोकपत्रको प्रतिलिपि संलग्न गरेका छन्।

‘तपाईंका नागरिकहरूलाई यस्ता किसिमका आक्रमणहरुबाट बचाउनको लागि मद्दत गर्न हामी तपाईंलाई सुरक्षा र खुफिया सहयोग प्रदान गर्न तत्पर छौं,’ ‘इजरायलका प्रधानमन्त्री बेन्नेटले लेखेका छन्, ‘यदि तपाईं इच्छुक हुनुहुन्छ भने मैले इजरायली सुरक्षा प्रतिष्ठानलाई यूएईमा रहेका आफ्ना समकक्षहरुलाई कुनै पनि किसिमको सहयोग उपलब्ध गराउन आदेश दिएको छु।’

सन् २०२० मा ह्वाइट हाउसमा अमेरिकाले मध्यस्थता गरेको इजरायलसँगको सामान्यीकरण सम्झौतामा यूएई र बहराइनले सँगै हस्ताक्षर गरेका थिए।

बेन्नेटले शेख मोहम्मदलाई लेखेको सन्देशमा इजरायलले अतिवादी शक्तिहरुविरुद्ध चलिरहेको लडाइमा यूएईसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको, र आफ्ना साझा दुश्मनहरुलाई परास्त गर्न साझेदारी जारी राख्ने कुरा उल्लेख गरेका छन्।

गत वर्षको डिसेम्बरमा बेन्नेट र शिख मोहम्मदले आबुधाबीमा पहिलो सार्वजनिक भेटवार्ता गरेका थिए । एजेन्सी