प्रधानमन्त्री खान र राष्ट्रपति पुटिन बीच टेलिफोनवार्ता
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ,सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनवार्ता गरका छन्।उनीहरू बीच दुई देश बीचको व्यापार र अन्य पारस्परिक लाभका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री खानले ,सोमबार राष्ट्रपति पुटिनसँग भर्खरै कुरा भयो र उनी पहिलो पश्चिमी नेता हुन् जसले आफ्नो प्यारो पैगम्बरप्रति मुस्लिम भावनाप्रति सहानुभूति र संवेदनशीलता देखाउछन् ।
दुई नेता रदेशबीचको व्यापार र सहकार्यका विषयमा छलफल केन्द्रित भएको जनाइएको छ । खानले भने,हामीले हाम्रा दुई देशबीचको व्यापार र अन्य पारस्परिक लाभका विषयमा अगाडि बढ्ने तरिकाहरूबारे पनि छलफल गर्यौं र हामीले एकअर्कालाई आफ्नो देशमा भ्रमणको निम्तो पनि आदानप्रदान गर्यौँ।
सोमबार भएको टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री खान र राष्ट्रपति पुटिनले गत वर्षको आफ्नो वार्तालापको स्मरण गर्दै द्विपक्षीय सहयोगका साथै आपसी हितका क्षेत्रीय र अन्तरराष्ट्रिय मुद्दाहरूमा पनि विचार आदानप्रदान गरेको पाकिस्तानी प्रधानमन्त्री कार्यालयले जनाएको छ।