सुदूरपश्चिम प्रदेशमा एनआरएनए : अर्थमन्त्री तामाङ चिया पकाउँदै, अध्यक्ष पन्त बाँडदै (फोटो)

सुदूरपश्चिम प्रदेशमा एनआरएनए : अर्थमन्त्री तामाङ चिया पकाउँदै, अध्यक्ष पन्त बाँडदै (फोटो)

धनगढी। गैरआवासीय नेपाली संघ (एनाआरएनए) का अध्यक्ष कुमार पन्तसहितको एक टोलि यतिबेला कैलालीको धनगढीमा छ। सुदूरपश्चिम पश्चिम प्रदेशलाई लक्षित गरेर संघले धनगढीस्थित रेडक्रसलाई मोबाइल बस हस्तान्तरण गर्ने कार्यक्रम छ।

अध्यक्ष पन्तसहित पूर्व अध्यक्ष  जिवा लामिछाने, उपाध्यक्ष डा.बद्री केसी, महासचिव हेमराज शर्मा, प्रवक्ता डिबि क्षेत्री, सल्लाहकार कुल आचार्य, मानार्थ सदस्य धर्मराज अधिकारी, सनिकुमार ओलीलगायतको टोली बस हस्तान्तरणको लागि धनगढी आएको हो। टोलिमा पूर्व मुख्यसचिव लिलामणी पौडेल समेत सहभागी छन्।

सोही क्रममा टोलिले सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री तारा लामा तामाङसँग भेट गरेको छ।

संघको टोलिलाई अर्थमन्त्री स्वयम्ले बनाएको चिया खुवाएर स्वागत गरेका थिए। मन्त्री तामाङले बनाएको चिया अध्यक्ष पन्तले सर्भिस गरेका थिए।