कुवेतमा क्रेनको ठक्करबाट नेपाली महिलाको मृत्यु

कुवेतमा क्रेनको ठक्करबाट नेपाली महिलाको मृत्यु सांकेतीक तस्वीर

कुवेत सिटी। कुवेतमा सडक दुघर्टनमा परी एक नेपाली महिलाको मृत्यु भएको छ। कुवेतको मङ्गाफमा क्रेनको ठक्करबाट माया तामाङको मृत्यु भएको हो।

गत शुक्रबार दिउँसो करिब १ बजेको समयमा बाटो काट्ने क्रममा विपरित दिशाबाट आएको क्रेनले ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको थियो।

घटनापछि कुवेत प्रहरीले मुचुल्का उठाइ शवलाई पोस्टमार्टमका लागि हस्पिटल पुर्याएको थियो। प्रहरीले क्रेन चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताइएको छ।

यसविषयमा कुवेतस्थित नेपाली दूतावासलाई जानकारी गराइसकिएको एनआरएनए कुवेतका युवा संयोजक नवराज पराजुलीले बताए।