कतारबाट मृगौला पीडितलाई आर्थिक सहयोग

कतारबाट मृगौला पीडितलाई आर्थिक सहयोग

हेटौंडा। हातेमालो युवा समाज कतारले मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ। तनहुँ भानु ८ बडहरे घर भएकी २० बर्षीया इशा श्रेष्ठलाई समाजले नेपाली ३१ हजार ९१५ रुपियाँ (एक हजार कतारी रियाल) सहयोग गरेको हो।

आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा थोरै भएपनि टेवा पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको रोजगारीका क्रममा कतारमा रहेका हेटौंडाका बिक्रम घिमिरेले जानकारी दिए।

कतारमा रोजगारीका लागि पुगेका मकवानपुर, चितवन, काठमाडौं, गोर्खा, काभ्रे, तनहुँ क्षेत्रका श्रमिकहरुले चिया खर्च वापतको रकम कटाएर मासिक १० रियाल अर्थात नेपाली ३०० रुपियाँ बचत गरेर सहयोग गरेका हुन्।

श्रेष्ठको दुबै मृगौंलाले काम नगर्ने भएको छ। हाल उनको पोखरास्थित मडिपाल अस्पतालमा उपचार भईरहेको पारिवारीक स्रोतले जनाएको छ। बिगत ६ महिनादेखि दुबै मृगौंलाले काम नगरेपछि श्रेष्ठ उपचारत्त रहेकी छिन्। परिवारको आर्थिक अवस्था निकै कमजोर रहेकाले आर्थिक सहयोगको याचना समेत गरिएको छ।

इशालाई ९८६६०४०४८४६, ९८१५१७३१०१, ९८४६८७८०७० वा बैक खाता नम्बर ०१३४५००१९४७४८०००००५ (ए वान मोबाइल मर्मत केन्द्र, कामना सेवा बैक), इसेवा ९८६६०४०८४६, वा बैक खाता नम्बर ०१३१४१००३९५०२६०००००१ प्रतिभा श्रेष्ठ, कामना सेवा बिकास बैंकमा सहयोग गर्न सकिने छ।