एनआरएनएको चुनाव २८ फेब्रुअरीमा, ७ सदस्यीय निर्वाचन उपसमिति गठन

एनआरएनएको चुनाव २८ फेब्रुअरीमा, ७ सदस्यीय निर्वाचन उपसमिति गठन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद अन्त्य गरेर निर्वाचन सम्पन्न गर्न एक उपसमिति गठन गरिएको छ। संघको शनिवार बसेको ८१ औं बैठकले संघका पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो।

यसअघि संघका अध्यक्षका प्रत्यासी सहित पूर्वअध्यक्षहरुको बैठकले १० औं महाधिवेशन सम्पन्न गर्न ४ बुँदे सहमति गरेको बताएको छ। सहमति अनुरुप सो समितिलाई २६ जनवरीभित्र प्रतिनिधि विवाद मिलाउन जिम्मा दिइएको छ। समिति सदस्यमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, राम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त रहेका छन।

त्यस्तै, बैठकले संघको दशौँ महाधिवेशन तथा आइसीसी निर्वाचन सम्बन्धी सबै समस्याहरुको विधान सम्मत निस्पक्ष ढंगले समाधान गर्ने, २८ फेब्रुअरी २०२२ सम्ममा संघको दशौँ महाधिवेशन तथा निस्पक्ष चुनाव सम्पन्न गर्न समितिले महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली संघको विधान र नियमावली अन्तर्गत रहेर २६ जनवरी २०२२ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष मार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय गरेको छ।

समितिले आवश्यक ठानेमा माथि उल्लेखित कामहरु सफलतापूर्वक गर्नको लागि कानूनी, आइटी लगायतका विशेषज्ञहरु रहेको स्वतन्त्र समितिहरु गठन गर्न सक्ने र संघका कार्यकारी निर्देशक तथा एनआरएनए सचिवालयले उक्त समितिलाई सघाउन सक्ने निर्णय पनि भएको छ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा भएको बैठकले नयाँ नेतृत्वको लागि निर्वाचन २८ फेब्रुअरीको लागि तय भएको छ ।

यस्तो छ सहमति

गैरआवासीय नेपाली संघको वर्तमान परिस्थितिमा संस्थालाई निकास दिनुका साथै संघमा आपसी एकता तथा भाइचारा कायम राख्दै वास्तविक अर्थमा सम्पूर्ण गैरआवासीय नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित गर्नका लागी आइसीसीको ८१ औं बैठकद्वारा देहाय अनुसारको Terms of Reference (TOR) सहित संघका प्रमुख संरक्षक शेष घलेज्यूको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरिएको छ ।

१. डा. शेष घले (संयोजक)

सदस्यहरु :

२. डा. उपेन्द्र महतो – संस्थापक अध्यक्ष
३. श्री जीवा लामिछाने – सदस्य, संरक्षक परिषद
४. श्री देवमान हिराचन – सदस्य, संरक्षक परिषद
५. श्री भवन भट्ट – सदस्य, संरक्षक परिषद
६. श्री राम प्रताप थापा – सदस्य, संरक्षक परिषद
७. श्री कुमार पन्त – अध्यक्ष, एनआरएनए आइसीसी


Terms of Reference:

१. संघको दशौँ महाधिवेशन तथा आइसीसी निर्वाचन सम्बन्धी सबै समस्याहरुको विधान सम्मत निस्पक्ष ढंगले समाधान गर्ने ।
२. २८ फेब्रुअरी  २०२२ सम्ममा संघको दशौँ महाधिवेशन तथा निस्पक्ष चुनाव सम्पन्न गर्न समितिले महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली संघको विधान र नियमावली अन्तर्गत रहेर २६ जनवरी २०२२ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष मार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने ।
३. समितिले आवश्यक ठानेमा माथि उल्लेखित कामहरु सफलतापूर्वक गर्नको लागि कानूनी, आइटी लगायतका विशेषज्ञहरु रहेको स्वतन्त्र समितिहरु गठन गर्न सक्ने छ।
४. संघका कार्यकारी निर्देशक तथा एनआरएनए सचिवालयले उक्त समितिलाई सघाउने छन् ।