नेपाल कोभिड : एकैदिन साढे तीन हजारभन्दा बढी संक्रमित थपिए

नेपाल कोभिड : एकैदिन साढे तीन हजारभन्दा बढी संक्रमित थपिए File Photo

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण तीन हजार ५५३ जनामा देखिएको छ। १५ हजार ८१ परीक्षण गर्दा तीन हजार ५५३ संक्रमण पुष्टि भएको हो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। परीक्षण गराएकामध्ये २३.६ प्रतिशतलाई संक्रमण देखिएको छ। सक्रिय संक्रमितको संख्या १४ हजार ३४० पुगेको छ।

पछिल्लो समय थप २७१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। योसँगै निको हुनेको संख्या आठ लाख १५ हजार ३४७ पुगेको छ । निको हुने दर ९६.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा एक जनाको संक्रमणको कारणले निधन भएको छ। अहिलेसम्म ११ हजार ६१० जनाको निधन भएकोे छ। ५०० भन्दा बढी संक्रमण भएको जिल्ला मोरङ, काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । यस्तै २०० भन्दा बढी संक्रमित भएका जिल्लामा सुनसरी, चितवन मकवानपुर, बाँके, रुपन्देही र कैलाली रहेका छन् ।

शून्य संक्रमित भएका जिल्लामा मुगु मात्र छ। नेपालमा सङ्क्रमण दर १६.९ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा १३ हजार ५०३, संस्थागत आइसोलेशनमा ८३७ आइसियूमा ११० र भेन्टिलेटरमा २५ जनाको उपचार हुँदैछ।

तीन लाख बढीले खोप लगाए

विगत २४ घण्टामा तीन लाख ५६ हजार चार जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ५४ लाख ६४ हजार ३३५ जना र पूर्ण मात्रा एक करोड १६ लाख ९१ हजार ३९३ जनाले लगाइसकेका छन् ।