जापानमा नेपाली विद्यार्थीको मृत्यु : सँगै रक्सी पिएका नेपालीले घाँटी थिचेको प्रहरी निष्कर्ष

जापानमा नेपाली विद्यार्थीको मृत्यु : सँगै रक्सी पिएका नेपालीले घाँटी थिचेको प्रहरी निष्कर्ष सांकेतीक तस्वीर

काठमाडौं। जापानको फुकुओकामा मृत भेटिएका नेपाली विद्यार्थी सुजन बर्सिलाको हत्या भएको निष्कर्षमा स्थानीय प्रहरी पुगेको छ।

गएको ७ जनवरीमा फुकुओकाको हिगासी कुको एउटा अपार्टमेण्टमा २२ वर्षीय बर्सिला मृत अवस्थामा फेला परेका थिए। स्थानीय प्रहरीलाई उद्दृत गर्दै जापानको याहु न्यूजमा प्रकासित समाचार अनुसार बर्सिलाको घाँटी थिचेर हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ।

मृतक सुजन शुक्रबार सोही विद्यालयमा अध्ययरत आफ्ना दुई जना नेपाली साथीसँग बसेर मदिरा सेवन गरेका थिए। स्थानीय प्रहरी उनैसँगै बसेर मदिरा सेवन गरेका साथीले हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

स्थानीय प्रहरीले सुजनको हत्याको आरोपमा ढकाल र मगर थर गरेका दुई नेपाली विद्यार्थीलाई पक्राउ गरेको छ।

यो पनि पढ्नुहोस्

जापानमा सँगै मदिरा सेवन गरेका तीन नेपाली विद्यार्थीमध्ये एकको मृत्यु, साथीले घाटी थिचेको आशंका