कुवेतमा तीन एसियाली नागरिक पक्राउ

कुवेतमा तीन एसियाली नागरिक पक्राउ सांकेतीक तस्वीर

कुवेत । कुवेतको अल मुतला शहरमा निर्माणाधीन प्लटबाट निर्माण सामग्री चोर्दै गरेको अवस्थमा तीन एसियाली नागरिकहरू पक्राउ परेका छन्। पक्राउपछि त्यहाँ कार्यरत सुरक्षा गार्डहरुले उनीहरुलाई सोधपुछको लागि हिरासतमा लिएको थियो।

सुरक्षा गार्डका अनुसार त्यहाँका स्थानीय आफ्नो एरिया जादै गर्दा तीन जना संकास्पद व्यक्तिहरुले उनीहरुको गाडीमा निर्माण सामाग्री लोड गरिरहेको देखेका थिए। त्यसपछि उनीहरुले त्याहाँ कार्यरत सुरक्षा गार्डलाई खबर गरेका थिए।

सुरक्षा गार्डले घटना स्थलमा पुगेर उनीहरुलाई रंगेहात पक्राउ गरेको थियो। उनीहरुलाई आवश्यक चेकजाच गर्दा एसियाली नागरिक हुन भन्ने प्रमाणित भएको थियो। सोधपुछको क्रममा उनीहरुले चोरी गरेको अपराध स्वीकार गरेका छन्। आवश्यक कारबाहीको लागि उनीहरुलाई प्रहरीको जिम्मा लगाइएको छ।

एसियाली भएपनि उनीहरु कुन देशका नागरिक हो भन्ने खुलाइएको छैन।