ब्राजिलमा भारी वर्षाका कारण दश जनाको मृत्यु

ब्राजिलमा भारी वर्षाका कारण दश जनाको मृत्यु

एजेन्सी । ब्राजिलमा वर्षाका कारण कम्तीमा पनि १० जनाले ज्यान गुमाएका छन् । दक्षिणपूर्वी ब्राजिलका केही भागमा गएको २४ घन्टादेखि वर्षा निरन्तर रहेको छ । सो वर्षाबाट गएको २४ घन्टामा कम्तीमा पनि १० जनाको ज्यान गएका छ । भारी वर्षा जारी रहेपछि त्यहाँ पहिरो गएको छ । पहिरोमा परी एकै परिवारका एक दम्पत्ती र उनीहरुका दुई सन्तान पुरिएका छन् ।पुरिएको स्थानबाट उनीहरुको उद्धारको काम जारी रहेको भए पनि भारी वर्षाका कारण निकै कठिन भएको छ । सो वर्षाबाट मुत्यु भएका १० जनाको शव भेटिएको छ भने अरु केही हराइरहेका छन् । हराइरहेकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएका छ । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा गएको २४ घन्टादेखि वर्षा निरन्तर रहेको छ । वर्षा अझै केही समय नरोकिने भएकाले घरबाहिर ननिस्किन सूचना जारी गरिएको छ । वर्षा जारी रहेका स्थानमा भौतिक संरचनाहरु पनि भत्किएकाले केही मानिसलाई उद्धार गरिएको छ ।