यूएई : आगामी १० वर्षमा दक्ष जनशक्तिको व्यापक माग हुने

यूएई : आगामी १० वर्षमा दक्ष जनशक्तिको व्यापक माग हुने

दुबई । यूएईको नीजि तथा सार्वजनिक क्षेत्रले नौलो प्रविधिको प्रयोग गरेका कारणले रोजगार बजार लगातार विकसित हुँदै गएको पाइएको छ।

द्रुत प्राविधिक विकास र आधुनिक प्रविधिहरूको परिणामस्वरुप यूएईको रोजगारी क्षेत्रले निकट भविष्यमा पर्याप्त परिवर्तन हासिल गर्ने अपेक्षा गरिएको छ।

त्यस्तै, स्थानीय र विश्वव्यापी रोजगारदाताहरूको आवश्यकतासँग मेल खाने गरी देशमा रोजगारी खोज्नेहरूको दक्षता अभिवृद्धि गर्न सघाउ पुग्ने अपेक्षा समेत गरिएको छ।

बायट डटकमले गरेको एक सर्वेक्षणअनुसार प्रश्न सोधिएकामध्ये ८० प्रतिशतले गतवर्षको अवधिमा आफ्नो व्यवसायिक र व्यक्तिगत उपलब्धिबाट सन्तुष्ट भएको बताएका छन्। जसअनुसार, उच्च किसिमको करियरसँग सम्बन्धित नयाँ जागिर प्राप्त गर्नेमा ५६ प्रतिशत, पदोन्नति वा तलब वृद्धीबाट सन्तुष्ट २१ प्रतिशत, कामको सिलसिलामा नयाँ सीप सिक्ने २१ प्रतिशत, र सहकर्मी र व्यवस्थापक सँगको सम्बन्ध सुधारमा सन्तुष्टमा २ प्रतिशत उत्तरदाताहरु रहेको पाइएको छ।

यसैसन्दर्भमा यूएईको मानव संसाधन र एमिरेटाइजेसन मन्त्रालयले रोजगार बजारमा आगामी वर्षमा उच्च माग हुने केही जागीरको सूचीकृत गरेको छ, जुन यस प्रकार रहेका छन्।

–वैज्ञानिक
–डाटा एनालिटिक्स
–आर्टिफिसियल इन्टेलिजेन्स विशेषज्ञ
–मेसिन लर्निङ विशेषज्ञ
–बिग डाटा विशेषज्ञ
–ई–कमर्स र स्ट्राटेजी (रणनिती) विशेषज्ञ

श्रोत : स्थानीय पत्रिका खालिज टाइम्स



No ads found for this position