ओखलढुंगा समाज जापानमा नयाँ नेतृत्व

ओखलढुंगा समाज जापानमा नयाँ नेतृत्व

टोकियो। ओखलढुंगा सेवा समाज,जापानको दोश्रो अधिवेशन सम्पन्न भएको छ ।

कोभिडका कारण जुममार्फत ९ जनवरीमा आयोजित अधिवेशनले नेत्रकला गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा फणिन्द्र पहाडी र गोकर्ण धमला चयन भएका छन् । यस्तै सचिवमा पुरन्जन नेपाल, सहसचिवमा घनश्याम दाहाल र सहकोषाध्यक्षमा प्रत्युस भुजेल चुनिएका छन्।

यस्तै सदस्यहरुमा केन्द्रीय सदस्यहरुमा कृष्ण भट्टराई,धन थापा,सुधिर बस्नेत,मन्जु दाहाल,हरि धमला,नीरबहादुर श्रेष्ठ र राजेश खत्री रहेका छन्।

ओखला ढुढुंगा समाज दुई वर्षअघि स्थापना भएको थियो।