कतारमा घरेलु श्रमिकको परीक्षणकाल लम्बियो

कतारमा घरेलु श्रमिकको परीक्षणकाल लम्बियो

दोहा । कतारको श्रम मामिला मन्त्रालयले घरेलु श्रमिकको परीक्षण अवधिलाई लम्बाएको छ।

मन्त्रालयले २००५ को निर्णय नं. ८ लाई परिमार्जन गरिएको २०२१ को निर्णय नं. २१ लाई कार्यान्वयन गर्ने निर्णय गरेअनुरुप अवदेखि घरेलु श्रमिकको परीक्षणकाल ९ महिना पुर्याइएको छ। यो निर्णय ८ जनवरी, २००५ देखि लागू हुने बताइएको छ। यसभन्दा पहिले घरेलु श्रमिकको परीक्षणकाल तीन महिनाको मात्र थियो।

परिमार्जित गरिएका अन्य निर्णयहरुअनुसार विदेशबाट श्रमिक भर्ना गर्दा रोजगारदाताले मन्त्रालय र सम्बन्धित निकायले जारी गरेको निर्देशनहरु अनिवार्य पालना गर्नुपर्नेछ। जसमध्ये श्रम ऐन, नियमावली र नीतिमा भएका संशोधित व्यवस्थाको अनिवार्य पालना गर्नुपर्नेछ। त्यस्तै, रोजगारदाताले श्रमिक भर्ना गर्नुअघि सेवाशर्त उल्लेख भई हस्ताक्षर गरिएको डाटा श्रमिकलाई उपलब्ध गराउनुपर्नेछ।

त्यसैगरी श्रमिकले स्वीकार गरेअनुसार रोजगारदाताले श्रमिकको आगमनअगावै श्रमसम्झौता अनिवार्य गरेको हुनु पर्नेछ। त्यसका अतिरिक्त रोजगारदाताले नियुक्त गरेका श्रमिकलाई निजी आवास र खाना उपलब्ध गराउनुपर्नेछ।

श्रमिकको तीन महिनाको प्रारम्भिक परिक्षण काल समाप्त भएपछि लगत्तै ६ महिनाको थप परीक्षण अवधि लागु गर्नुपर्नेछ। यसरी श्रमिकले अनिवार्यरुपमा ९ महिनाको परीक्षणकाल पूरा गर्नुपर्नेछ।