यूएईमा कम्पनीको समान चोरी गरेर बेच्ने एक श्रमिकलाई जेल

दुबई। यूएईमा एसियाली मुलका एक श्रमिकलाई चोरीको कसुरमा सजाय सुनाइएको छ।
दुबईको फौजदारी अदालतले ३४ वर्षीय ती श्रमिकविरुद्ध १ महिनाको जेल सजाय सुनाएको हो। ती अभियुक्तले आफैंले काम गर्ने कम्पनीको गोदामबाट १ लाख ३० हजार दिराम बराबरको स्क्र्याप (केबल) चोरी गरी जम्मा १५ हजार दिराममा बिक्री गरेका थिए।
चोरिका सामान ओसारपसार गर्ने ट्रक देखेपछि प्रयोजनका सहायक सुरक्षा इन्जिनियरले अभियुक्तलाई अक्समात समातेका थिए। उनका अनुसार आरोपितले आफुविरूद्ध कारवाही अघि नबढाउन भनी १ हजार दिराम घुस समेत प्रस्ताव गरेका थिए। दुबईको सार्बजनिक अभियोजनले ती अपराधीलाई पक्राउ गरी कारवाहीको लागि बुझाएका छन्।
सोधपुछका क्रममा आरोपितले आफूले प्रयोगमा नआउने केबल भनी सङ्कलन गरिरहेको र कम्पनिलाई आवश्यक नपर्ने भन्दै आफ्नो कार्यलाई जायज दाबी गरेको थियो।