एनआरएनएले १७ जनवरीमा सुदुरपश्चिम प्रदेशलाई ‘मोबाइल ब्लड बस’ हस्तान्तरण गर्ने

एनआरएनएले १७ जनवरीमा सुदुरपश्चिम प्रदेशलाई ‘मोबाइल ब्लड बस’ हस्तान्तरण गर्ने यसअघि संघले चितवन रेडक्रसलाई प्रदान गरेको ‘मोवाइल बल्ड बस ।

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुदुरपश्चिम प्रदेशलाई ‘मोबाइल ब्लड बस’ हस्तान्तरण गर्ने भएको छ।

‘मोबाइल ब्लड बस’ परियोजनाका संयोजक समेत रहेका संघका सचिव गौरीराज जोशीले बस हस्तान्तरणको लागि सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए।

जोशीका अनुसार १७ जनवरीमा एक कार्यक्रमकाबीच संघले धनगढीस्थित सेती प्रादेशीक अस्पताललाई ‘मोबाइल ब्लड बस’ हस्तान्तरण गर्न लागेको हो।

‘धनगढी सुदुरपश्चिम क्षेत्रको मेडिकल हव हो। यहाँका अस्पतालले गुणस्तरीय रगत उपलब्ध गराउन निकै चुनौती झेलिरहेका छन् । यही समस्यालाई मध्यनजर गर्दै हामीले सुविधायुक्त मोबाइल ब्लड बस उपलब्ध गराउन लागेको हौँ,’ परियोजना संयोजक जोशीले भने ।

एनआरएनएले नेपालमा मानव कल्याणकारी योजना अन्तर्गत मोबाइल ब्लड बैंक परियोजना अघि बढाइरहेको छ । आधुनिक प्रविधिसहितको यो बसबाट लामो दुरीका रक्त संकलन स्थलमा गएर बस भित्रै रक्त दान गर्ने, संकलन गर्ने र सुरक्षित रुपमा ब्लड बैंकसम्म ल्याउन सक्ने सुविधा उपलब्ध छ।

संघले यसअघि यस्तै किसिमको बस चितवनमा हस्तान्तरण गरिसकेको छ। दोस्रो चरणमा सुदुरपश्चिम प्रदेशलाई लक्षित गरेर धनगढीमा उपलब्ध गराउन लागेको हो।

संयोजक जोशीले बस हस्तान्तरण समारोहमा नेपालमा रहेका सबै एनआरएनएकाअभियान्तालाई सहभागी हुन अनुरोध गरेका छन्।