क्यान्सरपीडित थापाको भारतमा बिचल्ली

क्यान्सरपीडित थापाको भारतमा बिचल्ली

कन्चनपुर । जिब्रोको क्यान्सर पीडित शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका दलबहादुर थापाको आर्थिक अभावमा भारतको मुम्बईमा बिचल्ली भएका छन् ।खर्च अभावका कारण मुम्बइस्थित अधेरी अस्पतालमा थापाको उपचार प्रभावित भएका छन् ।

थापाको जिब्रोको शल्यक्रिया गरिएको छ र थप उपचारका लागि रकम अभाव भएको थापाका साथी अमरबहादुर साउदले भनेका छन् “अस्पतालले उपचार रकम माग गर्न थालेको छ , परिवारजनले उपचार खर्च जुटाउन सकेका छैनन् ।” भारतमा लामो समयदेखि चौकीदारी गर्दै आएका उसको पाँच जनाको परिवार छ ।

साउदले भन्यो“आफै बिरामी परेपछि परिवारको समेत बिचल्ली भएको छ”, । जिब्रोको शल्यक्रिया गरेको शुल्क अस्पताललाई तिर्न बाँकी छ । पैसा दिन नसक्दा हाल उसको उपचार बन्द भएको छ । थापालाई अस्पतालबाट घर ल्याउनसमेत दिइएको छैन । बेलडाँडीका युवाले केही सहयोग रकम जम्मा गरेका छन् , सो रकम न्यून भएको स्थानीय भरतबहादुर साउदले बताएका छन् ।अन्य कुनै निकायले सहयोग गरे मुम्बईसम्म पुग्न सकिन्थ्यो’भन्ने उसको भनाइ छ ।