ब्राजिलका राष्ट्रपति बोल्सोनारो अस्पतालबाट डिस्चार्ज

ब्राजिलका राष्ट्रपति बोल्सोनारो अस्पतालबाट डिस्चार्ज

साउलो पाउलो । आन्द्राको समस्याका कारण भर्ना भएको ४८ घण्टापछि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो आज अस्पतालबाट डिस्चार्ज भएका छन्। बोल्सोनारोले ट्विटरमा सबैलाई धन्यवाद ,लेखेका छन्।

६६ वर्षीय राष्ट्रपतिलाई सोमबार साओ पाउलोको अस्पतालमा भर्ना गरका थिए , जहाँ उसको आन्द्रामा देखिएको आंशिक अवरोधको उपचार गरिएको छ । सन् २०१८ सेप्टेम्बरमा चुनावी प्रचारका क्रममा पेटमा चक्कु प्रहार भएपछि बोल्सोनारोले हालसम्म चार पटक आन्द्राको शल्यक्रिया गरेका थिए ।एजेन्सी