डेनमार्कमा ओमिक्रोनबाट १८ जनाको मृत्यु

डेनमार्कमा ओमिक्रोनबाट १८ जनाको मृत्यु सांकेतीक तस्वीर

एजेन्सी । डेनमार्कमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट कम्तीमा पनि १८ जनाको मृत्यु भएको बताइएका छन् । यहाँका स्वास्थ्यकर्मीहरुले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म यहाँ ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको बताएका छन्।

डेनमार्कसहित फ्रान्स, ग्रीस, पोर्चुगल, इटाली, बेलायत लगायतका अन्य युरोपेली देशमा पछिल्ला हप्ताहरुमा उच्च संख्यामा सङ्क्रमित भेटिएका समाचारहरु आइरहेको बताइएका छन् । पछिल्ला दिनहरुमा क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसहरुको जमघटका कारण पनि युरोपमा कोभिड तीव्र गतिमा फैलिएको बताइएका छन्।

यता डेनमार्कमा भने ओमिक्रोनको सङ्क्रमण बढ्दै गएको अधिकारीहरुले जानकारी दिएका छन्।



No ads found for this position