कतारले तीन महिना थप्यो आममाफीको समय

कतारले तीन महिना थप्यो आममाफीको समय गृह मन्त्रालय कतार

दोहा । कतारले अवैधानिक रुपमा बसिरहेका आप्रवासी श्रमिकलाई कैद वा जरिवानबिना स्वदेश फर्किन पाउने समयवधि तीन महिना थपेको छ । कतारको आन्तरिक (गृह) मन्त्रालय आममाफीको समय तीन महिना थपिएको जनाएको छ।

कतार सरकारले अवैधानिक हैसियतमा बसिरहेका आप्रवासी श्रमिकलाई स्वदेश फर्किन ३१ मार्चसम्मको समय थप गरेको हो । यसअघि आममाफीको समय ३१ डिसेम्बरसम्म थियो ।

कतार सरकारले अघिल्लो वर्षको १० अक्टोबरदेखि गैरकानूनी हैसियतका कामदारलाई बिना कैद र बिना जरिवानासहित स्वदेश फर्किन आममाफीको व्यवस्था लागू गरेको थियो।

कतारको आवासीय अनुमति पत्र (कतार आइडी) म्याद सकिएका, वर्क परमिट बिना काम गरिरहेका र पारवारिक भिसाको नियम उल्लघंन गरेका आप्रवासी श्रमिकलाई आममाफीको व्यवस्था गरिएको हो।

आममाफी प्रकृयामा सहभागी हुन त्यस्ता कामदारले सर्च एन्ड फलो अप डिपार्टमेन्टमा वा आन्तरिक मन्त्रालयको उम सलाल , उम सुनैम (पहिलेऔधोगिक क्षेत्र) , मेसाइमिर , अल वक्रा र अल रयान सर्भिस सेन्टरमा दिउँसो १ देखि बेलुका ६ बजेसम्म नाम दर्ता गराउनु पर्नेछ।

२०१५ को कानून नं २१ को ‘मेलमिलाप’ प्रावधान अनुसार यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

यो पनि पढ्नुहोस्

कतारमा अवैधानिक कामदारलाई आममाफी



No ads found for this position