३३ किलो सुन तस्करी प्रकरण : दुबईबाट आउँदै गरेका ‘गोरे’ का भाइ विमानस्थलबाटै पक्राउ

३३ किलो सुन तस्करी प्रकरण : दुबईबाट आउँदै गरेका ‘गोरे’ का भाइ विमानस्थलबाटै पक्राउ सांकेतीक तस्वीर

काठमाडौं । चर्चित ३३ किलो सुन तस्करी काण्डका मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती पक्राउ परेका छन्।

उप्रेतीलाई मंगलबार दुबईबाट काठमाडौं आउने क्रममा नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले प्रवास खबरलाई जानकारी दिए।

सुन तस्करीमा रमेशको पनि संग्लनता रहेको छानविन समितिको निष्कर्ष थियो।

प्रवक्ता कुँवरका अनुसार उप्रेती मंगलबार बिहान एयर अरेवियाको उडानमार्फत काठमाडौं ओर्लिएका थिए। उनलाई प्रहरीले मोरङ जिल्ला अदालतमा बुझाउने तयारी गरेको छ।