अमेरिकामा एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमण
एजेन्सी । संयुक्त राज्य अमेरिकामा सोमबार एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमणक देखिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ।
अमेरिकामा विगत २४ घण्टामा करिब १.०७ मिलियन नयाँ सङ्क्रमण पुष्टि भएको देखिएको छ जुन विश्वमा कोभिड महामारीको सबैभन्दा नराम्रो स्थिति हो ।
नयाँ कोभिड-१९ मामिलाको संख्या पछिल्लो सात दिनमा दोब्बर बढेर प्रतिदिन औसत ४१८,००० पुगेको छ ।
यद्यपि, भाइरसको द्रुत फैलावटले देशको स्वास्थ्य सेवा प्रणालीमा थप दबाब मात्र दिएको छैन यसले अर्थतन्त्रलाई एकपटक फेरि नराम्रोसित प्रभाभित गरेको छ जसले गर्दा श्रमिकको अभाव, हजारौं उडान रद्द, र केही व्यवसायले फेरि आफ्नो ढोका बन्द गर्न बाध्य भएका छन् ।
ताजा अपडेट
प्रवास खबर
फेसबुकले हटाएको बालेनको पोष्ट फिर्ता
प्रवास खबर
औपचारिक रुपमै हट्यो टिकटकमाथिको प्रतिबन्ध
प्रवास खबर
कस्तो छ आजको मौसम पूर्वानुमान ?
प्रवास खबर