भारतद्वारा अफगानिस्तानलाई थप ५ लाख कोभ्याक्सिन डोज प्रदान

भारतद्वारा अफगानिस्तानलाई थप ५ लाख कोभ्याक्सिन डोज प्रदान

नयाँ दिल्ली । भारत बायोटेकले सोमबार अफगानिस्तानलाई कोभिड १९ खोपको भ्याक्सिनको ५,००,००० डोज प्रदान गरेको छ ।

ट्विटरमा भारत बायोटेकले आज भारतले अफगानिस्तानलाई कोभिड भ्याक्सिनको ५,००,००० डोज सहितको मानवीय सहायताको अर्को शृङ्खला प्रदान गरेको छ । त्यो इन्दिरा गान्धी अस्पताल, काबुललाई हस्तान्तरण गरिएको छ । आगामी सातामा थप ५ लाख डोजको अर्को ब्याच आपूर्ति गरिने पनि जानकारी दिइएको छ।

कोभ्याक्सिनको ५,००,००० डोज रहेको मानवीय सहायताको अन्तिम ब्याच जनवरी १ मा अफगानिस्तानलाई आपूर्ति गरिएको थियो । भारतले अफगान जनतालाई खाद्यान्नगत महिनाको शुरुमा भारतले विश्व स्वास्थ्य संगठन मार्फत अफगानिस्तानलाई १६ टन चिकित्सा सहायता पुर्याएका थियो । कोभिड १९ खोपको १० लाख डोज र जीवन बचाउने आवश्यक औषधिहरू समावेश गरी मानवीय सहायता उपलब्ध गराउन प्रतिबद्ध छ।

तालिबानले अगस्ट १५ मा काबुललाई आफ्नो नियन्त्रणमा लिएका थिए । त्यसपछि देश गहिरो आर्थिक, मानवीय र सुरक्षा संकटमा परेको छ। वैदेशिक सहायताको निलम्बन, अफगान सरकारको सम्पत्ति रोक्का गर्ने र तालिबानमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध आदिको कारणले उच्च गरिबीबाट पीडित हाल आर्थिक संकटमा फसेका छन्। एजेन्सी