यसरी मनाइयो प्रवास खबरको प्रथम वार्षिकोत्सव

यसरी मनाइयो प्रवास खबरको प्रथम वार्षिकोत्सव

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष रवीना थापाले विदेशमा बस्ने नेपालीलाई अपठ्यारो परेको बेला एनआरएनएले गरेको सहयोग स्मरण गर्दै यो संस्था विदेशमा रहेका नेपालीको सहयोगी संस्था बनेको बताएकी छिन् ।

प्रवास मिडिया प्रोडक्सन प्रालिद्घारा संचालित प्रवास खबर डटकमको प्रथम वार्षिकोत्सवको अवसरमा शनिवार काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले उक्त कुरा बताएकी हुन्।

प्रवास खबर डटकमले आफ्नो स्थापनाको एक वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उपाध्यक्ष थापाले शुभकामना दिने क्रममा प्रवास खबरले प्रवासी नेपाली र एनआरएनएसँग जोडिएका मुद्घालाई प्रभावकारी रुपमा उठाएकोमा धन्यवाद दिदैं अन्य मिडियाहरुले पनि प्रवासी तथा एनआरएनएका विषयहरुलाई प्राथमिकतासाथ उठाइदिन आग्रह गरिन । ‘प्रवास खबर एनआरएनएको पोर्पटी बनेको छ,’ थापाले भनिन्,‘प्रवास खबर छोटो समयमा स्थापित भएको छ,एकदिन सत्यको अवश्य जित हुने भएकोले कुनै व्यक्ति विशेषभन्दा पनि सबैले देशको पक्षमा कलम चलाउन आग्रह गर्दछु ।’

एनआरएनएको आगामी निर्वाचनमा अध्यक्ष पदकी उम्मेदवार समेत रहेकी उपाध्यक्ष थापाले एनआरएनएलाई अपठ्यारो पर्दा अन्य संघसंस्थाले पनि बोलिदिन र अन्य संघसस्थालाई असहज हुँदा एनआरएनएले सहयोग गर्ने वातावरण बन्नुपर्ने बताइन।

‘एनआरएनएभित्र महिला र युवालाई हेर्ने दृष्टिकोण अलि संकुचित छ, त्यसलाई चिर्नका लागि पनि मैले अध्यक्ष पदमा उम्मेदवारी दिएकी हुँ,’ थापाले भनिन,‘ विदेशमा रहेको नयाँ पुस्तालाई नेपाली भाषामार्फत नेपाल र नेपालीसँग जोडनु आवश्यक छ ।’

उक्त वार्षिकोत्सव कार्यक्रममा विशेष अतिथिका रुपमा बोल्दै एनआरएनएका केन्द्रीय महासचिव डा.हेमराज शर्माले एनआरएनए र प्रवास खबर जोडीनुपर्ने कुरामा जोड दिदै दुबैबीच लामो समयसम्म सहकार्य हुन जरुरी रहेको बताएका थिए।

‘नेपालमा बस्ने र विदेशमा बस्ने नेपालीका बीचमा समन्वय आवश्यक छ,’ एनआरएनएको आगामी निर्वाचनमा उपाध्यक्षका प्रत्यासी समेत रहेका महासचिव डा. शर्माले भने,‘ पत्रकारिता भनेको सेना जस्तै हो,यसले बिषयवस्तुलाई जस्ताको तस्तै उजागर गर्ने भएकोले कसैले पनि आफ्नो राम्रो कुरामात्र मिडियामा आउनुपर्छ भनेर धम्की दिने काम गर्नु हुदैन ।’

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एनआरएनए अभियन्ता तथा एनआरएनएको आगामी निर्वाचनमा महासचिवका प्रत्यासी बिनय अधिकारीले प्रवास खबरले विगत एक वर्षदेखि विशेषगरी एनआरएनएको विटलाई महत्व दिदैं आएको बताएका थिए।

‘प्रवास खबरले एनआरएनएभित्र रहेका विकृति तथा विसगंतीलाई उठान गर्दै आएको छ,’ उनले भने, ‘मिडिया स्थापना गर्नुभन्दा पनि त्यसलाई निरन्तरता दिनु चुनौती रहेकोमा प्रवास खबरलाई निरन्तरताको शुभकामना दिन चाहन्छु ।’

वार्षिकोत्सवकार्यक्रमलाई सम्बोधन गदै अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष शिक्षित पराजुलीले विदेशमा रहेका नेपाली नियोगहरुसँग समन्वय गरी प्रवासी नेपालीका समस्या समाधान गर्न प्रवास खबरले महत्वपूर्ण भूमिका खेलेकोमा खुसी व्यक्त गरे। ‘एनआरएनएमा पछिल्लो समय देखिएका विकृर्ति तथा विसगंतीलाई निराकरण गर्न पनि प्रवास खबर अगाडी आउनुपर्छ,’ उपाध्यक्ष पराजुलीले भने,‘प्रवास खबरले अझै शशक्त रुपमा कलम चलाओस ।’

वैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष उद्घव भट्टराईले कोभिडको महामारीका बेला प्रवास खबर संचालनमा ल्याएर त्यसलाई यहाँसम्म ल्याइपुरयाउनु आफैमा चु्नौतीपूर्ण काम भएको बताएका थिए। ‘प्रवास खबर एनआरएनए र प्रवासी नेपाली अवगत छन्,’ भट्टराईले भने,‘ प्रवास खबरलाई कुशलतापूर्वक एक वर्षसम्म ल्याउनु चानचुने कुरा थिए।’

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा श्रम रोजगार पत्रकार समाजका उपाध्यक्ष तथा कान्तिपुर दैनिकका संवाददाता होम कार्कीले अन्य मिडियाहरुले उठाउन नसकेका वैदेशिक रोजगार र एनआरएनएका मुद्घाहरुलाई प्रवास खबरले उठान गरेको बताएका थिए । ‘विदेशमा रहेका नेपाली श्रमिकका सवालहरु नेपाल र सरोकारवाला देशहरुले लिने नीतिले पनि महत्व राख्छ,’ उपाध्यक्ष कार्कीले भने,‘प्रवास खबरले यस्ता मुद्घाहरुमा विशेष चासो राख्दै आएको देखिन्छ ।’

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल(इन्जा)का अध्यक्ष टंक पन्तले प्रवास खबर टिमले प्रवासी नेपाली र एनआरएनएका मुद्दाहरुलाई प्रभावकारी रुपमा उठाउदै आएका बताएका थिए । ‘समस्याको उठान र समाधानमा प्रवास खबरले महत्वपूर्ण काम गर्दै आएको र अन्य मिडियाका लागि पनि यसले उठाएका विषयहरु स्रोतका रुपमा प्रयोग हुने गरेको छ।’

वैदेशिक रोजगार पत्रकार समाजका पूर्व अध्यक्ष हरि थापाले विदेशमा रहेर आफै समस्या भोगेर नेपाल आएर प्रवासी नेपाली श्रमिकको लागि आवाज उठाउने पहलकदमी लिएको बताएका थिए । ‘प्रवास खबरले जोखिमपूर्ण समयमा मिडिया संचालन गरेर चुनौती मोलेको थियो,’ पूर्व अध्यक्ष थापाले भने,‘तर यो एक वर्षमा यसले तमाम चुनौती पार गरेर प्रवासी नेपाली र एनआरएनएका विषयलाई प्रभावकारी ढङ्गले उठाएको छ।’

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघका केन्द्रिय महासचिव समीम अनवरले प्रवास खबरको कदमको सराहना गर्दै युवा उद्यमीका मुद्दालाई पनि अघि बढाउन आग्रह गरेका थिए। महासचिव अनवरले भने,‘प्रवास खबरले प्रवासमा रहेका नेपाली र एनआरएनएका मुद्दालाई अघि सार्दै आएकोमा आगामी दिनमा आर्थिक मुद्घालाई पनि स्थान दिन आग्रह गर्दछु।’

कार्यक्रममा स्वागत मन्तब्य दिदैं प्रवास खबर डटकमका सम्पादक टिकाराम खनालले नेपालका मुलधारका मिडियाहरुले प्रवासी श्रमिकका पीडालाई प्रभावकारी ढङ्गले सम्बोधन गर्न नसकिरहेको पृष्ठभूमिमा प्रवास खबर डटकमको स्थापना भएको बताएका थिए । ‘प्रवास खबर स्थापना भएको एक वर्षको अन्तरालमा सुख दुखमा साथ दिने सबैप्रति हार्दिक आभार ब्यक्त गर्न चाहन्छु,’ खनालले भने।

प्रवास मिडिया प्रोडक्सनका अध्यक्ष तथा कार्यक्रमका सभापति बिनेश खनालले समापन मन्तब्य दिदैं सुखदुख पार गर्दै प्रवास खबरले एक बर्ष पार गरेको बताएका थिए। ‘प्रवास खबरको यहाँसम्मको यात्रामा सबैको साथ सहयोग र सद्भाव रहेकोमा म सबैप्रति आभारी छु,’ अध्यक्ष खनालले भने,‘हामीबाट भएका गल्ती,कमजोरी औंल्याइदिनु भयो भने त्यसलाई सच्चाएर हामी अझ अघि बढ्ने प्रण गर्दछौं।’

अध्यक्ष खनालले आगामी दिनमा पनि सबैबाट साथ,सहयोग र हौसलाको अपेक्षा राखेको बताएका थिए । उनले भने,‘प्रवासमा रहेका नेपालीहरुको पिरमर्का बुझेर लेख्ने कामलाई प्रवास खबरले जारी राख्ने छ।’

वार्षिकोत्सव कार्यक्रमलाई साजन कुमार शर्मा(एसके)ले संचालन गरेका थिए । दोस्रो वार्षिकोत्सव आशा पोखरेलले अतिथिलाई खादा लगाएर स्वागत गरेकी थिइन।