साउदी अरबमा पनि मास्क प्रयोग अनिवार्य

रियाद। कोभिड-१९ का नयाँ संक्रमितहरु तीव्ररुपमा थपिएसँगै साउदी अरब सरकारले पुनः अनिवार्यरुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ। योसँगै इन्डोर र आउटडोर क्रियाकलापमा सहभागी हुँदा अनिवार्यरुपमा सामाजिक दुरी कायम गर्न भनिएको छ।
साउदी अरबको आन्तरिक मन्त्रालयका अनुसार यो निर्णय ३० डिसेम्बर, २०२१ बिहीबार बिहान ७ बजेदेखि कार्यान्वयनमा आउनेछ। सो सन्दर्भमा स्थानीय र विश्वव्यापी रुपमा महामारीको अवस्थाको आधारमा निरन्तर मूल्याङ्कन गर्दै आवस्यकताअनुसार राज्यका सक्षम स्वास्थ्य अधिकारीहरुले सम्पूर्ण प्रकृया र मापदण्डहरु सार्वजनिक गर्न सक्ने स्रोतले बताएको छ।
मन्त्रालय स्रोतले सबैलाई महामारीबाट बच्न सावधानी र रोकथामका उपायहरु अवलम्बन गर्न आग्रह गरेको छ। त्यस्तै, कोभिड विरुद्धको खोप लगाउनुपर्ने कुरामा पनि जोड दिइएको छ। त्यसैगरी, अनिवार्यरुपमा पालना गर्नुपर्ने स्वास्थ्य मापदण्डको उल्लंघन गर्ने जोकोहीलाई पनि कानुनी कारबाही गरिने बताइएको छ।
ताजा अपडेट

नवौं राष्ट्रिय खेलकुद असोजमा

साउदीमा जहाज उडाउने महिला टोली

विश्वमा महामारी घट्यो, मृत्युदण्ड बढ्यो
