यूएईमा थप १८ सय ४६ जनामा कोभिड संक्रमण

यूएईमा थप १८ सय ४६ जनामा कोभिड संक्रमण

दुबई। मंगलबार यूएईमा थप १ हजार ८ सय ४६ कोभिड संक्रमित विरामी फेला परेका छन् ।

यसअघि आइतबार १ हजार ८०३ जनामा संक्रमण पुष्टि भएको थियो। सोमबार भने १ हजार ७ सय ३२ संक्रमित थपिएका थिए।

त्यस्तै मंगलबार पनि एक संक्रमितको मृत्यु भएको छ । यसैगरी वितेको २४ घण्टामा ६३२ जनाले संक्रमण जितेका छन्।

पछिल्लो केही दिनयता यूएईमा पुन : संक्रमितको तथ्याङक उच्च विन्दुमा पुग्न थालेको छ। संक्रमण बढ्न थालेपछि यूएईका विभिन्न राज्यहरुमा थप सतर्कता अपनाउन थालिएको छ।

यूएईको स्वास्थ्यमन्त्रालयको तथ्यांकअनुसार हालसम्म ११ करोडभन्दा बढीको पीसीआर परीक्षण गरिसकिएको छ। तीमध्ये ७ लाख ५४ हजार ९११ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ७ लाख ४२ हजार ५६५ जनाले कोभिडलाई जित्न सफल भएका छन् । संक्रमणबाट हालसम्म २ हजार १ सय ६० जनाले ज्यान गुमाएका छन्।

अहिले यूएईमा सक्रिय संक्रमितको संख्या १० हजार १८६ रहेको छ ।