यूएईमा कोभिड संक्रमणदर बढ्दो

आबुधाबी । पछिल्लो समय यूएईमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणदर पुन : बढ्न थालेको छ।
यूएईको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार थप १ हजार ७ सय ३२ संक्रमित थपिएका छन्। आइतबार यो भन्दा बढी १ हजार ८०३ जनामा संक्रमण पुष्टि भएको थियो।
त्यस्तै सोमबार एक संक्रमितको मृत्यु भएको छ । यसैगरी वितेको २४ घण्टामा ६०८ जना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयको तथ्यांकअनुसार हालसम्म १० करोड ९६ लाख जनाको पीसीआर परीक्षण गरिसकिएको छ।
२७ डिसेम्बरसम्म आइपुग्दा ७ लाख ५३ हजार ६५ जना व्यक्ति संक्रमित भएको मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको छ।
त्यस्तै, ७ लाख ४१ हजार ९ सय ३३ जनाले कोरोना महामारीलाई जितेर निको भएका छन् भने, हालसम्म २ हजार १ सय ५९ जनाको कोरोनाको कारण मृत्यु भएको छ।
ताजा अपडेट

प्रवास खबर
बेलायतमा चुरोट माथी प्रतिबन्ध लगाउने तयारी

प्रवास खबर