कतारमा फेरि बढ्यो संक्रमण

दोहा । कतारमा कोरोना भाइरस (कोभिड) को संक्रमण फेरि बढ्न थालेको छ।
कतारको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार ३४३ नयाँ संक्रमित थपिएका छन्। तीमध्ये २३५ समुदायभित्रकै संक्रमित हुन् भने १०८ विदेशबाट फर्केका यात्रु हुन्।
पछिल्लो २४ घण्टामा कतारमा १४८ जना संक्रिमत निको भएका छन्। कतारमा अहिले सक्रिय संक्रमितको संख्या २ हजार ९२३ रहेको छ।
यस्तै सोमबार थप एक संक्रमितको निधन भएको छ । एक ८५ वर्षीय वृद्धको संक्रमणको कारण ज्यान गएको हो। कतारमा हालसम्म ६१६ जनाले कोभिड संक्रमणबाट ज्यान गुमाइसकेका छन्।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
महाकुम्भमा पुगे ५० करोड भक्तजन

प्रवास खबर