भ्रष्टाचारको आरोप र चुनावी विवादका कारण सोमालियाका प्रधानमन्त्री निलम्बन

भ्रष्टाचारको आरोप र चुनावी विवादका कारण सोमालियाका प्रधानमन्त्री निलम्बन

एजेन्सी । सोमालियाका राष्ट्रपति मोहम्मद फर्माजोले सोमबार प्रधानमन्त्री मोहम्मद रोबेललाई भ्रष्टाचारको आरोपमा निलम्बन गरेको बताएका छन।

फर्माजोले विज्ञप्ति जारी गर्दै रोबेललाई भ्रष्टाचार र सार्वजनिक जग्गाको दुरुपयोगमा संलग्न भएको आरोप लगाउँदै चुनावी प्रक्रियालाई सफल निष्कर्षमा पुर्याउन समेत विफल भएको आरोप लगाएका छन।

उनका अनुसार प्रधानमन्त्रीको काम र अधिकार छानबिनका लागि निलम्बन गरिएको हो ।

यो सँगै उपप्रधानमन्त्री महदी मोहम्मद गुलेद कार्यवाहक प्रधानमन्त्री हुनेछन र रोबेलमाथिको अनुसन्धानको निष्कर्ष नआएसम्म उनलाई निलम्बनमा राखिनेछ । फर्माजोले सबै सरकारी अधिकारीहरूलाई सार्वजनिक जग्गा दुरुपयोग नगर्न र देशको कानून र नियमहरूको पालना गर्न आग्रह गरेका छन।