ओमिक्रोनको सङ्क्रमण थप फैलिने डरले चार हजार ५०० उडान रद्ध

ओमिक्रोनको सङ्क्रमण थप फैलिने डरले चार हजार ५०० उडान रद्ध

एजेन्सी । विश्वका धेरै देशमा मनाइने क्रिसमस पर्वको दिन चार हजार ५०० भन्दाबढी विमान उडान रद्ध भएका छन् । अत्यधिक धेरै यात्रा हुने दिनका रुपमा समेत चिनिने क्रिसमसका दिन शनिवार यति धेरै विमान सेवा रद्ध भएको अधिकारीले जनाएका छन् ।

कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण थप फैलिने डरले क्रिसमसकै दिनको उडान पनि रद्ध भएको हो । त्यसैगरी अरु हजाराौ उडानमा ढिलाइ पनि भएको उडानसम्वन्धी सूचना प्रवाह गर्ने वेभसाइड फ्लाइट अवेर डटकममा उल्लेख गरिएको छ ।

उडान रद्ध तथा ढिलाई हुँदा अमेरिकी राष्ट्रपति जो वाइडेनसहित विश्वका प्रभावशाली व्यक्तिसमेतलाई असर परेको छ । यसअघि गत शुक्रबार मात्रै २४ सयभन्दा बढी उडान रद्ध भएका थिए भने ११ हजारभन्दा बढी उडानमा ढिलाइ भएको थियो ।

यो समाचार तयार पार्दा सम्ममा आगामी आइतबारका लागि तय भएका ६०० भन्दा बढी उडान पनि रद्ध भइसकेका र अरु पनि धेरै रद्ध हुन सक्ने बताइएको छ ।